मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडाैं | माघ १, २०८०
३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य दोषी ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरबाट बाहिर निकालिएको छ ।
कारागारभित्रको कारागारका रूपमा चिनिने गोलघरबाट ‘गोरे’लाई केही समयअघि नै बाहिर निकालिएको खुलेको हो ।
चालचलन सुध्रिएपछि गोरेलाई गोलघरबाट बाहिर निकालिएको केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरलाई जानकारी दिए ।
‘उसको चालचलन ठीक देखिएकाले गोलघरबाट बाहिर निकालिएको छ । बाहिर निस्केपछि पनि व्यवहार ठीकै देखिएको छ,’ सूचना अधिकारी लुइँटेलले लोकान्तरसँग भने ।
गोलघरमा लामो समय बस्दा मानसिक र स्वास्थ्य समस्या आउन सक्ने खतरा हुन्छ ।
‘स्वास्थ्य अवस्थालाई पनि ख्याल गरेर बाहिर निकालिएको हो, बाहिर आएपछि पनि उसको व्यवहार सामान्य नै छ,’ सूचना अधिकारी लुइँटेलले भने ।
गोलघरमा हुने कैदीले बस्ने, सुत्ने र खाने लगायतका सबै दैनिकी एकैठाउँमा बिताउनु पर्छ । गोलघरमा आफैं खाना पकाउने र खाने अनि त्यहीँ सुत्ने व्यवस्था हुन्छ ।
जबकि बाहिर रहेका कैदीबन्दीले अन्यसँग भेट्ने, खेल्ने, मेसमा खाने लगायतका सुविधा पाउँछन् । लामो समय थुनिएर बस्दा मानसिक र स्वास्थ्य समस्या निम्तिने खतरा पनि हुन्छ ।
‘उसको शारीरिक र मानसिक स्वस्थ्यमा पनि समस्या देखिन थालेपछि बाहिर ल्याइएको हो,’ कारागार स्रोतले लोकान्तरसँग भन्यो ।
२०७८ असोज १९ गते जिल्ला अदालत मोरङले सनम शाक्यको हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकिएको हो ।
३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । आपराधिक संगठन स्थापना गरेर सुन तस्करी तथा व्यक्ति बेपत्ता र हत्या गरेको आरोपसहित कुल १७ अर्ब १ करोड ८० लाख ७१ हजार रुपैयाँ बिगो माग दाबी गरिएको थियो ।
गोरेलगायत अभियुक्तहरू २०७५ जेठ १३ गते जेल चलान भएका थिए ।
जेलभित्रका अन्य कैदीबन्दीलाई समेत खतरा हुने खालका खुंखार अपराधीलाई गोलघरमा राख्ने गरिन्छ ।
केही महिनाअगाडि जेलबाट छुटेका बिकिनी किलर चार्ल्स शोभराजलाई पनि कारागार बसाइको अवधिभर गोलघरमै राखिएको थियो ।
तीनकुने हत्याका दोषी गोलघरमा
अहिले एक अर्का खुंखार अभियुक्तलाई गोलघरमा राखिएको छ ।
काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका २३ वर्षीय सञ्जय भण्डारीलाई गोलघरमा राखिएको हो ।
पक्राउ परेपछि प्रहरीलाई समेत हैरान बनाएका सञ्जय गोलघरमा भने शान्त देखिएका छन् । केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार उनी त्यहाँ उग्र रूपमा प्रस्तुत भएका छैनन् । ‘उनी शान्त भएर बसेका छन् । यहाँ आएपछि उनको त्यस्तो खालको कुनै गतिविधि देखिएको छैन,’ लुइँटेलले लोकान्तरसँग भने ।
असोज ३ गते तीनकुनेमा दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नविन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या गरेको अभियोग उनीमाथि छ ।
पढ्नुहोस्, यो पनि :
खाँण छुट्दा डाँको छाडेर रोए सचिव पाण्डे, क्षणभरमै सम्हालिए टोपबहादुर
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...