
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ खण्डा गार्मेन्ट नजिकै इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।
सोमवार बिहान गार्मेन्ट नजिकै नवीन टोलस्थित इनारमा खसेकी २८ वर्षीय नूतन प्रधानलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया प्रधान सोमवार बिहान घर कम्पाउन्ड भित्रको इनारमा खसेकी थिइन् ।
त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २१ दक्षिणकाली गणबाट खटिएको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनलाई सकुशल उद्धार गरिएको हो ।
उनलाई अहिले पाटन अस्पताल लगिएको छ ।