२८ जेठ २०८३, बिहीबार

माघी महोत्सवले काठमाडौंको ट्राफिक अस्तव्यस्त​​, टुँडिखेलको भीडमा च्यापिएर केही ​घाइते​​​​

माघ १, २०८०
काठमाडौं
माघी महोत्सवले काठमाडौंको ट्राफिक अस्तव्यस्त​​, टुँडिखेलको भीडमा च्यापिएर केही ​घाइते​​​​
फाइल फोटो

माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रमका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ ।

माघे संक्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन पुगेकाहरूको भीडभाडका कारण यातायात प्रभावित बनेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।​​​​

कार्यालयका अनुसार काठमाडौंको टुँडिखेल आसपास त्रिपुरेश्वर, थापाथली, सुन्धारा, रत्नपार्क, दरबारमार्ग लगायतका क्षेत्रमा सवारी साधनको चाप रहेको छ ।​​

यसैबीच टुँडिखेलको भीडमा च्यापिएर केही घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भीडमा चेपिएर ८ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

टुँडिखेल भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा गेटको भीडमा उनीहरू चेपिए घाइते भएका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्