२६ जेठ २०८३, मंगलबार

राष्ट्रपतिले बोलाएको दिवा भोज ओलीद्वारा 'बहिष्कार'

माघ २, २०८०
काठमाडौं
राष्ट्रपतिले बोलाएको दिवा भोज ओलीद्वारा 'बहिष्कार'

माघे संक्रान्तिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको दिवा भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राष्ट्रपति पौडेलले माघे संक्रान्तिको अवसरमा सोमवार राजनीतिक दलका नेताका लागि शीतल निवासमा दिवा भोजको आयोजना गरेका थिए ।
 
ओलीलाई निमन्त्रण गरिए पनि पूर्वनिर्धारित अर्को कार्यक्रममा जानु परेको भ्नदै उपस्थित नभएको स्रोतले बतायो । यसअघि भदौ ५ गते राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन । 

यसअघि शुक्रबार शीतल निवासमा प्रमुख तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिले छलफल गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्