
आइभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्स (एफकन) मा सेनेगलले सहज जीत दर्ता गरेको छ । सोमबार पहिलो खेलमा सेनेगलले १० खेलाडीमा सीमित गाम्बियामाथि ३–० को जीत हात पारेको हो ।
सेनेगलका लागि लामिन कमाराले २ र पापा गेयेले १ गोल गरे । चौथो मिनेटमा नै सेनेगलले खेलमा अग्रता लियो । स्टार खेलाडी तथा कप्तान साडियो मानेको पासमा गेयेले गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम समयमा इबु एडम्सले रातो कार्ड पाएपछि गाम्बियाले १० खेलाडीमा सीमित भएको थियो ।