
अमेरिकी एक जहाजमा यमनको हुथी विद्रोहीले हमला गरेका छन् । अमेरिकी अधिकारीहरूले लाल सागरमा हुथी विद्रोहीले जहाजमा मिसाइल आक्रमण गरेको बताएका छन् ।
हमलापछि पनि जहाजमा सवार सबै मानिसहरू सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा कोही पनि घाइते भएनन् ।
इगल बल्क नामक अमेरिकी शिपिंग कम्पनीले पनि यमनको तट नजिकै आफ्नो जहाजमा हमला भएको पुष्टि गरेको छ ।
जहाजले स्टीलका उत्पादनहरू बोकेको थियो र सीमित क्षति बेहोरेको छ ।
इरान समर्थित हुथी विद्रोहीहरूले गत वर्ष नोभेम्बरदेखि लाल सागर हुँदै जाने जहाजहरूमा आक्रमण गर्दै आएका छन् । उनीहरूले इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएको बताएका छन् ।