
चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरीका अनुसार सोमवार बिहान अविनाश फटिलाइजर कम्पनीको हातभित्र ग्यास विस्फोटपछि आगलागी भएको थियो ।
घटनाको थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।