११ साउन २०८३, सोमबार

‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु

माघ २, २०८०
काठमाडौं
‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु

कलाकार शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । 

आफ्नो चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् । ​

सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ । अब, हरेक सोमवार राती ८ः३० बजे ‘शिशिर भण्डारी’ युट्युब च्यानलमार्फत सिरियल हेर्न सकिनेछ ।  

सिरियलमा भण्डारीकै कथा, पटकथा एवं संवाद लेखन छ । सन्तोष राजबहाकले सिरियलमा निर्देशकको भूमिका निर्वाह गरेका छन् । 

सिरियलमा शिशिर भण्डारी, दिपिका थापा, आभा थापा, विपना बस्नेत, रिनेक्स बस्नेत, रिवाज गौतम, गीता थापा, मोहन भण्डारी, निरज घिमिरे, अविनाश गौतमलगायतलाई देख्न सकिन्छ । बाल कलाकारका रुपमा अनुरोध भण्डारीले अभिनय गरेका छन् । 

ज्ञानेन्द्र शर्मा हुमागाइँको छायाँकन रहेको सिलियलमा राज कार्कीको सम्पादन र कलरिङ छ । 

शिशिरको शब्द एवं संगीतमा रहेको ‘फोटो फिरिममा’ गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । अहिलेकी चर्चित गायिका रचना रिमालको करिअर चम्काउनमा पनि उक्त गीतले महत्वपूर्ण भूमिका खेलेको थियो ।

उक्त गीत रचनासँगै प्रदाप दास, सुप्रिम मल्ल ठकुरीको स्वरमा पनि रुचाइएको छ ।

सोही टाइटलमा प्रसारण सुरु भएको सिरियललाई पनि दर्शकले रुचाउने विश्वास कलाकार भण्डारीको छ ।

salt training

कमेन्ट गर्नुहोस्