
नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’को टिकट व्यवस्थापनमा ‘कन्दरा - लाइभ इन पोखरा’ इभेन्ट सम्पन्न भएको छ ।
कन्दराले ‘पहिला घरदेश, अनि परदेश’ नाराका साथ आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा सम्पन्न गरेको हो । गत पुस २७ गते शुक्रवार सम्पन्न कार्यक्रम कन्दरा ब्यान्डको यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम भएको जनाइएको छ ।
कार्यक्रमको व्यवस्थापन गरिरहेको एल्फा स्क्वायर (एएसक्यू)का अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।
'आइएमई पे'का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले कार्यक्रमको सफल समापनले आफू खुसी रहेको बताए ।