३१ जेठ २०८३, आइतबार

साइबर सेक्युरिटीमा ४ हजार व्यक्तिलाई तालिम दिइने

माघ २, २०८०
काठमाडौं
साइबर सेक्युरिटीमा ४ हजार व्यक्तिलाई तालिम दिइने


काठमाडौँ । १० वटा महानगर गौरव योजनामध्ये काठमाडौँ महानगरपालिकाले आज ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको संकेत चिन्ह सार्वजनिक गरेर कार्यक्रमको शुभारम्भ गरेकी हुन् । 
 सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराउने क्रियाकलाप सञ्चालन हुनेछन् । 

महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन् । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिनेछ । 

यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने, जसमध्ये ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने लक्ष्य राखिएको छ ।  

कार्यक्रममा प्रस्तुतिकरण गर्दै सूचना प्रविधि विज्ञ सुदीप ढकालले, तालिम कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । 
उद्घाटन कार्यक्रममा सहभागी हुन इच्छुकहरुलाई अनलाइन इच्छा व्यक्त गर्ने अवसर दिइएको थियो । यसबाट ८ हजार ३७६ जनाले कार्यक्रममा सहभागी हुन इच्छा देखाएकामा जसमध्ये करिब ४ हजार व्यक्ति कार्यक्रम स्थलमा आएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । कार्यक्रममा सहभागीमध्ये साइबर सेक्युरिटी तालिम लिन इच्छा हुनेलाई रुचि फाराम भर्न दिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्