०२ असार २०८३, मंगलबार

पर्यटकका लागि कटेज सञ्चालन

कात्तिक २०, २०७४
पर्यटकका लागि कटेज सञ्चालन

 


इलाम, १८ असोज (रासस)ः इलामको सूर्योदय नगरपालिका–६ कन्याममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायी टेकराज गिरीले रु ४५ लाखको लागतमा ‘कन्याम भिलेज कटेज’ सञ्चालन गर्नुभएको छ । 

‘चिया र पर्यटन साथ–साथै’ भन्ने नाराका साथ कटेज सञ्चालनमा ल्याएको सञ्चालक गिरीले बताउनुभयो । अग्र्यानिक तरकारी, स्थानीय जातका कुखुरा, खरायोलगायतका खानाका परिकारका साथ कटेजमा लजको समेत व्यवस्था छ । कन्यामलाई प्लास्टिकमुक्त अभियानमा सहयोग गर्ने उद्देश्यले कटेजले प्लास्टिक निषेध गरिएको सञ्चालक गिरीले बताउनुभयो । 

विभिन्न स्थानबाट कन्याम घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको कटेजमा क्याम्पिङ फायर, मिटिङ हललगायतको व्यवस्था छ । विभिन्न परिकारको साथमा कन्यामका रमणीय स्थानको अवलोकनसमेत गर्न सकिने कटेजले पर्यटकलाई आकर्षित गर्न इन्टरनेटको समेत व्यवस्था गरेको छ । 

इलामको विषेशताका साथ इलामका पर्यटकीय स्थानको जानकारी गराइनुका साथै अन्य पर्यटकीयस्थलसम्म जानका लागि सवारी साधनको समेत व्यवस्था गरिने बताइएको छ । 

कटेजमा आएका पर्यटकलाई इलामकै उत्पादन ग्रीन टिले स्वागत गरिन्छ । पर्यटकलाई लक्षित गरेर कटेज सञ्चालनमा आएको यस कटेजले इलामको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले बताउनुभयो । 
असोज महिना लागेसँगै कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । खुल्ला मौसममा कञ्चनजंघा हिमाल, मनोरम चियाबारीको दृश्यले पर्यटकलाई मोहित पार्ने गर्दछ । यहाँ दैनिक सयौंँको ंसंख्यामा पर्यटक आउने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्