
नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाल पुलिस स्कुल गरुडा रौतहट र घोराही दाङमा रिक्त रहेको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
प्रहरी स्कुलको प्राचार्य छनोट बोर्डले बुधबार सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूलाई १५ दिनभित्र दरखास्त पेस गर्न आह्वान गरेको छ ।
प्राचार्यका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता आवश्यक पर्ने सूचनामा उल्लेख छ ।
