०८ असार २०८३, सोमबार

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानमार्फत मर्मत

माघ ३, २०८०
भोजपुर
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानमार्फत मर्मत

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानमार्फत मर्मत गरिएको छ ।​

दैनिकजसो सयौंका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । 

सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताइन् । सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ ।

‘बजार क्षेत्रको सडक बिग्रँदा दुर्घटना जोखिम बढेको अवस्था थियो’, उनले भने, ‘सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौं । सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरुपमा सहयोग गरेकी छु ।’

दैनिक जसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्नालले जानकारी दिए ।

मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्