१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड बिहीवार युगान्डा जाने

माघ ३, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड बिहीवार युगान्डा जाने
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (माघ ४ गते) युगान्डा प्रस्थान गर्दै छन् ।

उनी बिहीवार बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्को नेपाली प्रतिनिधिमण्डल संलग्न आन्दोलन (नाम)को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा जान लागेको हो । 

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सोही दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्