१० साउन २०८३, आइतबार

सशस्त्र र सेनाबीच मैत्रीपूर्ण फूटबल, आईजीपी र उपरथीले गरे कप्तानी

माघ ३, २०८०
काठमाडौं
सशस्त्र र सेनाबीच मैत्रीपूर्ण फूटबल, आईजीपी र उपरथीले गरे कप्तानी

२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच बुधवार प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा मैत्रीपूर्ण फूटबल प्रतियोगिता गरिएको छ ।

null

३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोषकुमार ढकाल टिम क्याप्टेन रहेका थिए ।

null

प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बलको टिमलाई २–० गोल अन्तरको जीत हासिल गरेको छ ।

सो अवसरमा आईजीपी अर्यालले सशस्त्र प्रहरी र उपरथी ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गरेका थिए ।

null

यस्तै आईजीपी अर्यालले विजयी टिमका खेलाडी, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

        

salt training

कमेन्ट गर्नुहोस्