१० साउन २०८३, आइतबार

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: दिउँसो ठाउँ ठाउँमा हिमपात र वर्षाको सम्भावना

माघ ४, २०८०
काठमाडौं
तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: दिउँसो ठाउँ ठाउँमा हिमपात र वर्षाको सम्भावना

हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

महाशाखाका अनुसार देशका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्