०१ असार २०८३, सोमबार

परीक्षण गर्ने एक मात्रै मशिन प्रयोगविहीन, छामछुमकै भरमा ‘सवारी पास’

माघ ४, २०८०
काठमाडौं
परीक्षण गर्ने एक मात्रै मशिन प्रयोगविहीन, छामछुमकै भरमा ‘सवारी पास’

सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मशिन छ। त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ। कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौंको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ। कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो। 

भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मशिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ। यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ।

यातायात मन्त्रालय अन्तर्गतकै सवारी परीक्षण कार्यालय टेकु, इटहरी, हेटौँडा, बुटवल र कैलालीको अत्तरिया गरी पाँच स्थानमा मात्रै छन्। जनशक्ति र प्राविधिक जनशक्तिको अभावका कारण हरेक 

कार्यालयमा १५० देखि दुई सय वटा सवारीसाधनको मात्रै परीक्षण हुन्छ। गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्