
वेल्सकी राजकुमारीलाई योजनाअनुरूप पेटको शल्यक्रियापछि अस्पतालमा भर्ना गरिएको छ र उनी दुई सातासम्म एउटा निजी अस्पतालमा रहने केन्सिङ्टन दरबारले बुधबार बताएको छ ।
दरबारका अनुसार पूर्व केट मिडलटन ईस्टरपछि सार्वजनिक कर्तव्यमा फर्कने अपेक्षा गरिएको छ । बयालीस वर्षीया भावी रानीलाई मङ्गलबार लन्डन क्लिनिकमा भर्ना गरिएको थियो ।
दरबारले धेरै विवरण दिएको छैन तर उनको अवस्था गैर–क्यान्सर रहेको पुष्टि गरेको छ ।
प्रिन्स विलियमकी पत्नी केटले आफ्ना आगामी कार्यक्रमहरू स्थगित गर्नुपरेकामा माफी माग्न चाहेको प्यालेसले बताएको छ । “उहाँ सकेसम्म चाँडो धेरैभन्दा धेरै व्यक्तिसँग उपस्थित हुन उत्सुक हुनुहुन्छ”, दरबारले भनेको छ ।