२८ जेठ २०८३, बिहीबार

माले महासचिव भन्छन् - एमाले, माओवादीसँग तत्काल एकता सम्भव छैन

कात्तिक २०, २०७४
माले महासचिव भन्छन् - एमाले, माओवादीसँग तत्काल एकता सम्भव छैन

काठमाडौं, १८ असोज- नेकपा मालेका महासचिवका सीपी मैनालीले आफ्नो पार्टीको चुनाव अघि एमाले– माओवादी केन्द्रसँग एकताको कुनै संभावना नरहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले उहाँहरुसँग एकताको कल्पना समेत गरिएको छैन, अहिले चुनावको मुखमा हामी छौं, हामीले बरु चुनावी तालमेलको बारेमा सोच्न सक्छौं, तर एकता हुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, अहिले एकता हुँदैन्।’

साक्षात्कारमा बोल्दै महासचिव मैनालीले आफूहरुको सैद्धान्तिक विचारदेखि लिएर अन्य विभिन्न पक्ष समेटेर महत्वपूर्ण आठ दश वटा विषयहरु रहेकोले त्यसमा सहमति नभएसम्म एमाले नेतृत्वको मोर्चासँग एकता नहुने ठोकुवा गरे ।

उनले थपे,‘पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हामी छौं, तर विचार र सिद्धान्त मिल्नेहरुकोवीचमा मात्रै एकता हुनुपर्छ, हाम्रो अहिले उहाँहरुसँग कुनै एजेण्डा नै मिल्दैन्।’ उनले चुनावअघि एकताको कुरा गर्नेबारे आफूहरुलाई कुनै फुर्सद समेत नरहेको जिकिर गरे । मैनालीले भने,‘नजाने गाउँको बाटो नै नसोध्नुहोस्।’

नेता मैनालीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनाव तालमेल र एकता प्रयास तमासा बन्न नहुने धारणा राखे । उनले थपे,‘उहाँहरुवीचको एकता प्रयास अत्यन्तै सकारात्मक छ, म स्वागत नै गर्छु, हाम्रो पार्टीले स्वागत गर्छ।’ त्यस्तै उनले माओवादीसँगको एकता प्रयासले एमालेलाई राष्ट्रवादी शक्ति बन्ने अवसरबाट कतै बञ्चित त भएको होईन भन्ने पनि बहस सुरु भएको टिप्पणी गरे ।

तर उनले तीन पार्टीवीचको एकता प्रयासले नेपालमा बहुमतको सरकार बन्ने ढोका खुलेको बताउँदै यो राम्रो संकेत भएको बताए । उनले थपे,‘एमालेले केही गुमाएपनि मुलुकमा स्थिर सरकार बन्ने भयो, यो खुशीको कुरा हो।’ दुवै दलहरुवीच धेरै कुराहरु मिल्ने भएकोले मिल्नु नौलो कुरा नभएको उनको तर्क थियो ।

salt training

कमेन्ट गर्नुहोस्