०१ असार २०८३, सोमबार

मिटरब्याजपीडितले सीडीओ कार्यालयभित्रै कुटे साहु

माघ ४, २०८०
काठमाडौं
मिटरब्याजपीडितले सीडीओ कार्यालयभित्रै कुटे साहु

सिरहाका मिटरब्याजपीडितले जिल्ला प्रशासन कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन् । विहीवार मिटरब्याजको विषयमा छलफलका क्रममा सिरहाको सीडीओ कार्यालयभित्रै कुटपिट भएको हो । 

कुटपिटबाट मिटरब्याज साहु सूर्यकुमार यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

ऋणी राजकुमार महतो र धनी सूर्यकुमार यादवबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो ।

यादवबाट महतोले शुरूमा सात लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन–तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनका लागि पटक–पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्