०३ असार २०८३, बुधबार

ललितपुरका यी ठाउँमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

माघ ५, २०८०
काठमाडौं
ललितपुरका यी ठाउँमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने  नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ । 

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ । यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्