२८ जेठ २०८३, बिहीबार

सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

माघ ५, २०८०
काठमाडौं
सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर  १३९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्