
१५ वर्षअगाडि कुटपिटगरी एक जनाको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २०६५ सालमा काभ्रेको तत्कालीन शिखर आम्बोटे गाविस-१ का चमार सिंह मगर भनिने जनक बहादुर मगरको हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकका भतिज नाता पर्ने टंक बहादुर मगर र सन्तबहादुर मगर रहेका छन् । उनीहरू १५ वर्षअगाडि जनकलाई बोक्सीको आरोप लगाएर कुटपिटगरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।