२३ जेठ २०८३, शनिबार

लक्ष्मी सनराइज बैंकले शुरू गर्‍यो ‘ई–कमर्स अक्वायरिङ’ सेवा

माघ ५, २०८०
काठमाडौं
लक्ष्मी सनराइज बैंकले शुरू गर्‍यो ‘ई–कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ । ​​​

नेप्स र भिसाको सहायक संस्था साइबर सोर्ससँगको सहकार्यमा विकास गरिएको योसँगै नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक बनेको छ ।

यस सेवाको संचालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकमहानुभावहरूले ई–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरूको निम्ति ग्राहकमार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन बैंकले जनाएको छ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापीरुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताविना छिटो र सहज रुपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

यसले देशको ई–कमर्स कारोबार बढाउने विश्वास नेप्स र बैंकको रहेको छ ।

लक्ष्मी सनराइज बैंकले देशभर २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखारहित बैंकिङ र ५,००० भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफ्नो सेवा प्रधान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्