चैत २१, २०८०
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
बाँकेको कोहलपुर नगरपालिकाले सातौं नगरस्तरीय मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा केही विद्यालयले फर्जी खेलाडी समावेश गरेको पाइएको बताएको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले आज छानबिन समितिको प्रतिवेदन सावर्जनिक गर्दै छ विद्यालयले फर्जी खेलाडी समावेश गरेको निष्कर्ष निकालेको हो ।
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल खेलमा, ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेलमा, एभरेष्ट सैनिक माध्यामिक विद्यालय प्रेमनगरले छात्रतर्फको भलिबलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिको निष्कर्ष छ । ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा बढी उमेरका खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई सहभागी गराएको समितिको प्रतिवेदनमा उल्लेख छ । साथै सगरमाथा ज्ञानपुञ्ज मावि किरणनालाले छात्र भलिबलमा फर्जी खेलाडी समावेश गरेको पाइएको समितिको भनाइ छ ।
गत पुस १० गतेदेखि १३ गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा फर्जी खेलाडीहरू खेलाइएको विषयमा उजुरी परेपछि कोहलपुर नगरपालिका शिक्षा समितिको पुस १४ गते बसेको बैठकले सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा, नगर प्रहरी प्रमुख वीरबहादुर थापा र शिक्षा शाखा अधिकृत रविलाल मिजार सदस्य थिए ।
कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घका प्रतिनिधि, प्याब्सनका प्रतिनिधिसहित बृहत भेलामा सार्वजनिक गरिएको उक्त प्रतिवेदन बुझ्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतिवेदन कार्यान्वयनका लागि प्रतिबद्धता जनाए ।
साथै उनले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितालाई मर्यादित बनाउन कसैसँग सम्झौता नगरिने स्पष्ट पारे । फर्जी खेलाडीसम्बन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार जरिवाना गरी दण्डित गरिने पालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्या...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...