
श्रीलङ्काको डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको छ । मोबाइल फोनको पहुँच बढेको छ भने इन्टरनेटको प्रयोग पनि ५२ प्रतिशतमा पुगेको छ।
कोलम्बोमा आयोजित सम्मेलनमा बोल्दै प्रविधि राज्य मन्त्री कनका हेरथले डिजिटल मार्केटिङलाई सशक्त बनाउन आग्रह गरे।
उनले सरकारको डिजिकोन - २०२३० योजनालाई मूर्तरूप दिदै देशको डिजिटल अर्थतन्त्रलाई ४.३ बिलियन डलरबाट सन् २०३० सम्ममा १५ बिलियन अमेरिकी डलर पुर्यालउने लक्ष्य राखेको बताए ।