
एएफसी एसियन कप फुटबलमा इन्डोनेसियाले पहिलो जीत दर्ता गरेको छ । पहिलो खेलमा इराकसँग २–० ले हार बेहोरेको इन्डोनेसियाले शुक्रबार भियतनामलाई १–० ले पराजित गरेको हो ।
अस्नावी बाहरले ४२औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितसँगै इन्डोनेसियाको २ खेलमा ३ अंक पुगेको छ ।
समूहमा रहेको इराकको २ खेलमा ६ अंक छ । जापान ३ अंकसहित दोस्रो छ भने पुछारमा रहेको भियतनाम अंकविहीन छ ।