सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा झडप हुँदा २ जना घाइते भएका छन् ।
भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात व्यवसायीबीच शनिवार बिहान टिकट काट्ने विषयमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार झडपमा भिजिट कर्णाली यातायातका दुई जना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला आफ्ना कर्मचारीमाथि हातपात भएको भिजिट कर्णाली यातायातले दाबी गरेको छ ।
दुई समूहको झडपले रत्न राजमार्ग भएर चल्ने सवारीसाधन सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ ।