२८ जेठ २०८३, बिहीबार

माओवादीका २ कार्यकर्ता पेस्तोलसहित पक्राउ : फर्जी हतियार भिराइएको पार्टीको दाबी

माघ ६, २०८०
काठमाडौं
माओवादीका २ कार्यकर्ता पेस्तोलसहित पक्राउ : फर्जी हतियार भिराइएको पार्टीको दाबी

नवगठित पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का दुई कार्यकर्ता पेस्तोलसहित पक्राउ परेका छन् ।

शुक्रवार बिहान करीब सवा १० बजे बाजुराका ३१ वर्षीय देवबहादुर थापा र पूर्वी नवलपरासीका ५७ वर्षीय वीरबहादुर थापा मगरलाई हेटौंडाको रातोमाटे चेकपोस्टनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले लोकान्तरलाई जानकारी दिए ।

'पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नै रहेछ, महाधिवेशनको तयारीका क्रममा पूर्व जाँदै गरेको उनीहरूले बताएका छन्,' भण्डारीले भने, 'उनीहरूको साथमा एउटा पेस्तोल र विष्फोटनमा प्रयोग हुन सक्ने केही धुलो पदार्थ बरामद भएको छ ।'

उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको भण्डारीले बताए ।

यता उक्त पार्टीले भने एक विज्ञप्ति निकालेर फर्जी हतियार भिराइएको दाबी गरेको छ । महासचिव 'महावीर'को हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा दुवै कार्यकर्तालाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको उल्लेख छ ।

'हाम्रो पार्टीका जिम्मेवार नेता कमरेडद्वय क. विश्वास र क. देवलाई बदनीयतपूर्वक झुट्टा मुद्दा लगाउने षड्यन्त्र अनुरुप फर्जी अवैध सामान भिराई मकवानपुर जिल्लाबाट गिरफ्तार गरी हिरासतमा लिइएको छ,' विज्ञप्तिमा भनिएको छ, 'गिरफ्तार साथीहरूलाई तत्काल रिहाइ गर्न माग गर्दछौ,' अन्यथा त्यसबाट सिर्जित गम्भीर परिस्थितिको जिम्मेवार स्वयम् राज्य नै हुनेछ ।'

एक वर्ष अगाडि धर्मेन्द्र बास्तोला नेतृत्वको तत्कालीन नेकपा बहुमत पार्टीबाट अलग भएका केही युवाहरूले भूमिगत पार्टी नेकपा (माओवादी) स्थापना गरेका हुन् ।

विज्ञप्ति : 

null

salt training

कमेन्ट गर्नुहोस्