
बाँकेमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका - ५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेमबहादुर रावत छन् ।
उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रावतले ती बालिकालाई गत पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।