३१ जेठ २०८३, आइतबार

बहराइनको पहिलो जीत

माघ ७, २०८०
काठमाडौं
बहराइनको पहिलो जीत

एएफसी एसियन कपमा बहराइनले पहिलो जीत दर्ता गरेको छ । पहिलो खेलमा दक्षिण कोरियासँग हारेको बहराइनले दोस्रो खेलमा शनिबार अन्तिम मिनेटमा गोल गर्दै मलेसियालाई १-० ले हराइको हो । 

इन्ज्युरी समयमा अलि मदनले गरेको गोल नै निर्णायक बन्यो । बक्सको छेउबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । 

जितपछि बहराइनको २ खेलमा ३ अंक भएको छ । समूहमा दक्षिण कोरिया र जोर्डनको समान ४ अंक रहँदा मलेसिया अंकविहीन छ ।

salt training

कमेन्ट गर्नुहोस्