
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जीत निकालेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ५–० को जीत हात पारेको हो ।
आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले २ गोल गर्दा गाब्रिएल माघालेस र लियान्ड्रो ट्रोसार्डले समान एक/एक गोल गरे ।
एक गोल आत्मघाती गोल रहेको थियो । ११औं मिनेटमा डेकलान राइसको कर्नरमा गोल गर्दै गाब्रिएलले खेलमा अग्रता दिलाएका थिए ।
२१ खेलमा ४३ अंक जोडेको आर्सनल अंकतालिकाको तेस्रो स्थानमा छ । एक खेलेका शीर्षस्थानको लिभरपुलको ४५ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४३ अंक छ ।