३१ जेठ २०८३, आइतबार

सामाजिक सञ्जाल र इन्टरनेटमार्फत् १४ करोडभन्दा बढी राजस्व उठ्यो

माघ ७, २०८०
काठमाडौं
सामाजिक सञ्जाल र इन्टरनेटमार्फत् १४ करोडभन्दा बढी राजस्व उठ्यो

नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत् विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत् १ करोड ६१ लाख र करबापत् १२ करोड ७७ लाख रुपैयाँ कर बुझाएका छन् ।

गुगल, मेटा, एमाजोन, माइक्रोसफ्ट, नेटफ्लिक्स, लिंकडिन, जोहोलगायतले सो कर बुझाएका हन् । टिकटक गत भदौदेखि ठूला करदाता कार्यालयमा दर्ता भएको भए पनि नेपालमा ब्यान्ड भएकाले सोको भ्याट नउठेको र सो कम्पनीको कर स्थगन अवस्थामा रहेको छ ।

आर्थिक वर्ष २०७९–८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स(डीएसटी)बापत् गतअसोजसम्ममा १ करोड ६१ लाख रुपैयाँ बुझाएको ठूलो करदाता कार्यालयले जनाएको छ ।

ठूलो करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने १३ वटा कम्पनीले सो कर तिरेका हुन् । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ९ वटा कम्पनी दर्ता भएकोमा चालू आर्थिक वर्षमा ४ वटा कम्पनी दर्ता भएका छन् ।

दर्ता भएका १३ कम्पनीले कारोबारको १३ प्रतिशत मूल्य अभिवृद्धि कर अर्थात् भ्याटमार्फत साउनदेखि पुससम्ममा १२ करोड ७७ लाख रुपैयाँ बुझाएका हुन् । गत वर्ष दर्ता भएका कम्पनीले यस्तो कर १२ करोड तिरेका थिए । ६ महिनामा नै गत वर्षभन्दा बढी भ्याट उठेकाले असारसम्ममा ४० करोडभन्दा बढी भ्याट उठ्ने अपेक्षा गरिएको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्