११ असार २०८३, बिहीबार

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित १ जना पक्राउ

माघ ७, २०८०
काठमाडौं
त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित १ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेका छन् ।

उनलाई शनिवार पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार दोहा हुँदै काठमाडौं आएका दर्जीको साथबाट ४ सय ९९ ग्राम सुन बरामद भएको छ ।

भन्सारमा अहिले सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी परिचालनपछि सुन बरामद भएको यो पहिलोपटक हो ।

salt training

कमेन्ट गर्नुहोस्