×

NMB BANK
NIC ASIA

मोडल कुसुम शर्मालाई प्रश्न – वास्तविक नामभन्दा ‘सकम्बरी’ भनेर बढी चिनिँदा कस्तो लाग्छ ?

काठमाडाैं | माघ ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कुसुम शर्मा यस्ती भाग्यमानी मोडल हुन्, जसले पहिलो म्युजिक भिडियोबाटै लोभलाग्दो चर्चा कमाइन् । ९ महिनाअघि प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट उनले मोडलिङमा पाइला चालेकी थिइन् ।

Muktinath Bank

उक्त गीतले कुसुमलाई चर्चा मात्र दिलाएन, धेरैले उनको अभिनयको समेत खुलेर प्रशंसा गरे । त्यसयता उनले डेढ दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । फिल्ममा समेत डेब्यु गर्ने तयारीमा छिन् उनी । अभिनेता आर्यन सिग्देल र कुसुमलाई लिएर फिल्म ‘सञ्जीवनी’ निर्माणको घोषणा भएको केही समय भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थुप्रै म्युजिक भिडियोमा काम गरिसके पनि ति कामलाई पहिलो भिडियोको लोकप्रियताले छोपेको छ । उनलाई धेरैले वास्तविक नाम (कुसुम)भन्दा पहिलो भिडियोको नाम (सकम्बरी) भनेर चिन्ने गरेका छन् । त्यही नामले बोलाउने गरेका छन् । ​


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

दर्शकमाझ वास्तविक नामभन्दा ‘सकम्बरी’ भनेर बढी चिनिँदा कस्तो लाग्छ ? लोकान्तरको प्रश्नमा कुसुमले भनिन् ‘खुशी लाग्छ । प्राउड फिल हुन्छ । निक नेम भन्ने कुरा यत्तिकै पाइँदैन । आफूले गरेको कामलाई माया गरेर धेरै मानिसहरूले सोही नामले चिन्छन् भने त्यो त उहाँहरूको माया हो ।’ 

एउटा कलाकारको लागि दर्शकहरूले दिएको नामभन्दा प्यारो अरू नाम नहुने उनको बुझाइ छ । शुरूको प्रोजेक्टभन्दा आगामी प्रोजेक्टमा राम्रो काम गरौँ भन्ने महसुस सधैं हुने गरेको उनले बताइन् । ‘यद्यपि, शुरूमा मलाई जे भनेर चिन्नुभयो, त्यसमा खुशी छु’ कुसुमले भनिन् । 

उनको पछिल्लो चर्चित म्युजिक भिडियो ‘मुटु कटक्कै’ हो । यसमा पनि कुसुमको अभिनयको प्रशंसा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x