×

NIC ASIA

सहकारी ठगी प्रकरण

​जीबीसँगै रवि जोडिएको सहकारी ठगीको अनुसन्धान: सीआईबीलाई फाइल बुझाउँदै सहकारी विभाग

काठमाडाैं | माघ ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई लगायतविरुद्ध छानबिन र कारबाहीका लागि सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेखी पठाउने तयारी गरेको छ । 

Muktinath Bank

विभिन्न सहकारीको बचत हिनामिनाको छानबिन गरिरहेको विभागले थप अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदनसहितको फाइल पठाउन लागेको हो । सूर्यदर्शन, सुप्रिमलगायत विभिन्न सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष राईविरुद्ध सहकारी विभागमा उजुरी परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले सहकारी ठगी प्रकरणमा विभागले अनुसन्धान गरिरहेको जानकारी दिए । सीआईबीले पनि अनुसन्धान गरिरहेकाले यसलाई निष्कर्षमा पुर्‍याउने उनले बताए ।  


Advertisment
Nabil box
Kumari

विभागबाट केही कागजात लिएर अनुसन्धान शुरू गर्न लागिएको सीआईबी स्रोतले जानकारी दियो । ‘सम्भवतः आज नै उजुरी दर्ता हुन्छ होला, त्यसको अन्तिम तयारी भएको छ,’ सीआईबी स्रोतले जानकारी दियो । 

Vianet communication

राईसँगै रास्वपा सभापति रवि लामिछानेलाई पनि कारबाही गर्न माग गर्दै कांग्रेस भ्रातृ संगठन नेविसंघले शनिवार काठमाडौंमा मसाल जुसुल निकालेको थियो । रवि र जीबीलाई कारबाहीको माग गर्दै युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गरेका थिए । 

जीबीले डुबाएको ग्यालेक्सी टीभीमा रविको नाममा समेत शेयर भेटिएको थियो । आफू सदस्य नै नरहेका विभिन्न सहकारीबाट ऋण लिएर लामिछानेको नाममा शेयर खरिद गरेको पाइएको थियो । 

सभापति लामिछानेले भने ठगीएका सहकारीपीडितको पैसा राज्यले फिर्ता दिनुपर्ने माग गरेका छन् । आफैैंले पैसा फसाएर राज्यले तिर्नुपर्छ भनेको भन्दै रविको आलोचना भइरहेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x