
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा आन्दोलन शुरू गरेको छ ।
सप्तरीमा रहेको कृषि विश्वविद्यालय अगाडि आइतवार प्रदर्शन गर्दै जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, गैरवैधानिक काममा रोक लगाउनुपर्ने, डीपीआरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग अगाडि सारेको छ ।
यस्तै, ठेकापट्टामा भइरहेको मिलेमतो बन्द गर, परीक्षा बोर्डविना लिइएको परीक्षाको छानबिन गर, नियुक्तिमा राजनीतिकरण बन्द गर लगायतका माग जनमतले अगाडि सारेको छ ।
मधेश प्रदेश सरकारबाट सञ्चालित कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषयलाई लिएर जनमतले आन्दोलन शुरू गरेको हो ।
जनमत पार्टी सप्तरीद्वारा आन्दोलन शुरू गरिएको छ:-
— Dr. CK Raut (@drckraut) January 21, 2024
१. विश्वविद्यालयमा दलीयकरण बन्द गर
२. गैरवैधानिक काममा रोक लगाउ
३. DPR मा भएको भ्रष्टाचारको छानबीन गर
४. ठेकापट्टामा भइरहेको मिलेमतो बन्द गर
५. परीक्षा बोर्ड बिना लिइएको परीक्षाको छानबीन गर
६. न्युक्तिमा राजनीतिकरण बन्द गर
७. ऐन... pic.twitter.com/YZ5FX2CIFf