१९ असार २०८३, शुक्रबार

पाप पखाल्न भन्दै पुटिनले मारे माइनस १४ डिग्रीको पानीमा ३ पटक डुबुल्की

माघ ७, २०८०
काठमाडौं
पाप पखाल्न भन्दै पुटिनले मारे माइनस १४ डिग्रीको पानीमा ३ पटक डुबुल्की

धार्मिक मान्यतालाई आत्मसात गर्दै रुसका राष्ट्रपति भ्यादमिर पुटिनले माइनस डिग्रीको पानीमा डुबुल्की मारेका छन् । यसको पुष्टि क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले गरेको भारतीय सञ्चारमाध्यम द हिन्दूले गरेको छ ।

७१ वर्ष पुगिसकेका पुटिन माइनस १४ डिग्रीको चिसो तलाउमा डुबेका हुन् । पूर्वी युरोपका क्रिस्चियनको धार्मिक मान्यताअनुसार यहाँ डुबुल्की मार्दा वर्षभरिको पाप पखालिन्छ । यसलाई ‘अर्थोडक्स इपिफनी’ भनिन्छ । 

यसै मान्यतालाई पछ्याउँदै पुटिन राजधानी मस्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको तलाउमा डुबेका थिए । यसको भिडियो रुसका टेलिभिजनमा पनि देखाइएको थियो । पुटिनले बरफ जमेको पानीमा तीनपटक डुबुल्की मारेका थिए । तलाउको वरिपरि हिउँ जमेको देख्न सकिन्छ । यद्यपि, पुटिनको प्रतिक्रिया सामान्य देखिन्छ । 

पुटिनले डुबुल्की मारिरहँदा कालो पोशाक लगाएका पाँचजना व्यक्ति उनकाे पछाडि जिसस क्राइस्टको क्रसहित उभिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्