
यू–१९ क्रिकेट विश्वकपअन्तर्गत जारी न्युजिल्यान्डविरुद्धको खेलमा नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका हुन् ।
उनले ७३ बलको सामना गर्दै अर्धशतक प्रहार गरेका हुन् । यस क्रममा उनले चार चौका हिर्काएका थिए ।
यो समाचार तयार पार्दासम्म ९० रन बनाइसकेका अर्जुन शतकको बाटोमा छन् ।
पहिलो पावर प्लेमै दुई विकेट गुमाएर खराब नेपालले खराब शुरूवात गरे पनि अर्जुनले पारी सम्हालिरहेका हुन् ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत आइतवार पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रनको विशाल स्कोर खडा गरेको छ ।
नेपालले ३०३ रनको लक्ष्य पछ्याइरहेको छ ।