२१ असार २०८३, आइतबार

आर्मीविरुद्ध नेपाल प्रहरीको जित

माघ ७, २०८०
काठमाडौं
आर्मीविरुद्ध नेपाल प्रहरीको जित

भैरहवामा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रनले पराजित गरेको छ । 

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ३१ दशमलव चार ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि ओपनर सुनिल धमलाले ५२ रन बनाए । यस्तै आरिफ शेखले १८ रन बनाए । 

पहिलो पारीमा आर्मीका लागि सोमपाल कामीले ६ ओभरमा तीन मेडेनसहित मात्र १२ रन खर्चिए। यस क्रममा उनले चार विकेट लिए । यसैगरी, साहब आलम र विवके यादवले समान दुई÷दुई विकेट लिए । 

एक सय ४१ रनको लक्ष्य लिएको आर्मीका लागि पनि सुरुआत राम्रो भएन । प्रारम्भिक तीनजना ब्याटर शून्य रनमै आउट भएपछि आर्मी दबाबमा परेको थियो । तर भीम सार्की र कुशल मल्लले उत्कृष्ट ब्याटिङले टोलीलाई बलियो स्थितिमा पुगेको थियो । भीमले ७६ बल खेल्दै ६ चौकाको सहयोगमा ५२ रन हान्दा कुशल मल्लले ४८ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३५ रन बनाए । 

कुशल र भीमको जोडी टुटेपछि भने पुलिसलाई जित सहज बन्यो । आर्मीका लागि विनोद भण्डारी १९ रन बनाए भने अन्य ब्याटरले दोहोर अङ्क बनाउन सकेनन् । आर्मी ३३ ओभरमा अलआउट हुँदै एक सय २७ रनमा समेटियो । 

दुवै टोलीमा राष्ट्रिय खेलाडी धेरै रहेकाले आजको खेल हेर्न सिद्धार्थ क्रिकेट रङ्गशालामा दर्शकको घुइँचो लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्