२३ असार २०८३, मंगलबार

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो: तीन प्रदेशमा हिमपातको सम्भावना

माघ ८, २०८०
काठमाडौं
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो: तीन प्रदेशमा हिमपातको सम्भावना

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन प्रभावित भएका छन् । हुस्सु र कुहिरोका कारण यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्