१० साउन २०८३, आइतबार

सीके राउतको क्षेत्रमा उपेन्द्रको प्रवेशपछि सप्तरीमा झडप

माघ ८, २०८०
सप्तरी
सीके राउतको क्षेत्रमा उपेन्द्रको प्रवेशपछि सप्तरीमा झडप

सप्तरीस्थित जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव पुगेपछि झडप भएको छ ।

सप्तरीको राजविराजमा यादव कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा पुग्दा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

सुरक्षाकर्मी लगाएर लाठी चार्ज गर्दा प्रदेशका मन्त्री, नेता र कार्यकर्ता घाइते भएको जनमत पार्टीका अध्यक्ष राउतले जनाएका छन् ।

‘शिक्षा मन्त्री मा. महेशप्रसाद यादव,  मा. सतिशकुमार सिंह,  मा. भाग्यश्री चौधरी,  मा. रञ्जु खंगसहित जनतामाथि प्रहरी र सेना लगाएर लाठीचार्ज गरी घाइते बनाएको अवस्था’ राउतले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘उहाँहरू गाँधीवादबाट नै जवाफ दिनु पर्ने भन्दै प्रमुख अतिथिको लालचीलाई स्वागत गर्न फूलमाला लिएर जानुभएको थियो।’

जनमत पार्टीका नेता कार्यकर्ताहरू यादवलाई स्वागत गर्न भन्दै व्यांग्यात्मक ब्यानर लिएर पुगेका थिए ।

दुवै पक्षका नेता कार्यकर्ता पुगेपछि बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।

यस अघिदेखि नै भवनको शिलान्यास कार्यक्रम रोक्नुपर्ने माग जनमतका नेता कार्यकर्ताले गर्दै आएका थिए ।

यसपछि जनमतका अध्यक्ष राउतले यादवको कार्यक्रम रोकिदिन गृह मन्त्रालयलाई पत्र नै लेखेका थिए । 

गत निर्वाचनमा सप्तरी २ मा राउतले यादवलाई पराजित गरेका थिए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्