२१ जेठ २०८३, बिहीबार

तीन वटा प्रवेश पत्र सहित ट्रायल दिने एक जना पक्राउ

माघ ८, २०८०
काठमाडौं
तीन वटा प्रवेश पत्र सहित ट्रायल दिने एक जना पक्राउ

भक्तपुरको राधे राधेबाट आजदुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन वटा प्रवेश पत्र सहित एकजना परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । इलामको चुलाचुली ४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई प्रयोगात्मक परीक्षाका क्रममा नियन्त्रणमा लिइएको हो ।

पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भइ पुन: दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुन: परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा प्रयोगात्मक परीक्षामा खटिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा आएका पुरीलाई आवश्यिक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्