०१ असार २०८३, सोमबार

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

माघ ८, २०८०
काठमाडौं
काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम ९तीन दशमलव दुई० रेकर्ड गरिएको बताए। 

    यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले झरेको हो । आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ । उनका अनुसार आज बढी चिसो अनुभव भएको छ । 

    बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । उनले परदर्शिता तीन हजार मिटर रहेको बताए । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो । 

salt training

कमेन्ट गर्नुहोस्