११ साउन २०८३, सोमबार

यूरोपेली केन्द्रीय बैंकले ब्याज दर स्थिर राख्न पहल गर्ने

माघ ९, २०८०
काठमाडौं
यूरोपेली केन्द्रीय बैंकले ब्याज दर स्थिर राख्न पहल गर्ने

यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो नभएको सङ्केत गरेका छन् । बैङ्कले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ ।

फ्रयाङ्कफर्ट इन्स्टिच्युटले लगातार तेस्रो बैठकमा ब्याजदर वृद्धिलाई स्थगन गर्ने सङ्केत गरेको छ । बढ्दो मूल्यलाई नियन्त्रण गर्न वृद्धिको उच्चतम दौडपछि महत्वपूर्ण निक्षेपका लागि तोकिने ब्याज दरलाई चार प्रतिशत कायम गरेको छ । 

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले गत हप्ता ब्याजदर उच्च विन्दुमा पुगेको तर आर्थिक अनिश्चितता र बढ्दो ज्यालाले मूल्यको दबाबमा पार्न सक्ने सम्भावित प्रभावको हवाला दिँदै मुद्रास्फीतिमा ‘विजयको उद्घोष’ गर्न धेरै चाँडो भएको बताएका थिए । 

उनले ईसीबीका अन्य अधिकारीहरूसँगको छलफलपछि अप्रिलको सुरुमा दर कटौतीको बजार शर्तबिरूद्ध पनि वृद्धिलाई निरन्तरता दिएका थिए । 

नयाँ तथ्याङ्कले आर्थिक सुधारका थप सङ्केतहरू देखाएमा ऋणका लागि लिइने ब्याजदरमा ‘सम्भवतः’ आगामी गृष्म ऋतुसम्ममा ब्याजदरमा कटौती गर्नै थालिनेछ । 

संयुक्त राज्य अमेरिकामा लगानीकर्ताहरूले मार्चमा पहिलो दर कटौती गरिरहेका छन् । फेडरल रिजर्भका अधिकारीहरूले पनि ब्याजदर वृद्धि हुने सम्भावनालाई मन्दरूपमा अस्वीकार गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्