१४ असार २०८३, आइतबार

हिरोका सवारी नेपालमै 'एसेम्बल’

माघ ९, २०८०
काठमाडौं
हिरोका सवारी नेपालमै 'एसेम्बल’

मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पको नेपालको आधिकारिक विक्रेताको जिम्मेवारी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले पाएको छ । नेपालमा एसेम्बल प्लान्टसमेत सञ्चालन गर्ने अख्तियारीसहित अधिकारिक विक्रेताको अख्तियारी प्रदान गरिएको हिरो मोटोकर्पले जनाएको छ ।

 सिजीले  मोर्टसले  हिरो  मोटरसाइलक  तथा  स्कुटर  नेपालमै  एसेम्बल  गरी  बेच्ने  उद्देश्यले  नवलपुरमा प्लान्टसमेत स्थापना गरिरहेको जनाएको छ । सो प्लान्टबाट वार्षिक ७५ हजार थान मोटरसाइकल तयार गर्ने उद्देश्य सिजीको छ । आधिकारिक बिव्रmेता प्राप्तिसँगै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वप्रसिद्ध प्रतिष्ठित कम्पनीसँग आफूहरूले सहकार्य गर्न पाएकामा खुसी व्यक्त गर्दै नेपालको अटो बजारमा हिरोको उपस्थितिलाई अझै विश्वासिलो र सघन बनाउने बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्