०२ असार २०८३, मंगलबार

भारतीय गाडीको ठक्करबाट झापामा नेपालीको मृत्यु

कात्तिक २०, २०७४
भारतीय गाडीको ठक्करबाट झापामा नेपालीको मृत्यु

झापा, १९ असोज– भारतीय नम्बर प्लेट एस के ०१ जे १७७० पिकअप भ्यानको ठक्करबाट आज बिहानी भ्रमणमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ ।

कमल गाउँपालिका–५ निवासी ४५ वर्षीय खेम चम्लागाईंलाई पश्चिमबाट पूर्व आउँदै गरेको उक्त पिकअपले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्