०६ साउन २०८३, बुधबार

श्रीलङ्काका राष्ट्रपति भ्रष्टाचारको विवादमा, नेपालले स्वागत गर्न मिल्ला ?

कात्तिक २०, २०७४
श्रीलङ्काका राष्ट्रपति भ्रष्टाचारको विवादमा, नेपालले  स्वागत गर्न मिल्ला ?

काठमाडौं, १९ असोज– राष्ट्रपति विद्या भण्डारीले श्रीलङ्का भ्रमणका बखत शिष्टाचारवश त्यहाँका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई नेपाल भ्रमणको निम्तो दिनुभयो । केही साताअघि संयुक्त राष्ट्रसंघको महासभामा सामेल हुन न्यूयोर्क पुगेका बखत शेरबहादुर देउवा र सिरिसेनाबीच शिष्टाचार भेट भयो । सिरिसेनाले यसै अक्टोबर (असोज–कार्तिक) मा भण्डारीको निम्तो मान्दै नेपाल आउने जनाउ दिए । राष्ट्राध्यक्ष तहको कुरोमा देउवाले अन्यथा भन्न मिलेन । र, सिरिसेना कोलम्बो फर्केपछि राष्ट्रपतिको वेबसाइटमा देउवा–भेटमा भ्रमणको जानकारी दिएको बेहोरा राखिएको छ ।

परराष्ट्र मन्त्रालयले भने यस सम्भाव्य भ्रमणबारे कुनै सूचना सार्वजनिक गरेको छैन ।

यसैबीच अहिले अष्ट्रेलियाको प्रमुख अखबार ‘सिड्नी मर्निङ हेराल्ड’ मा यस्तो खबर प्रकाशित भएको छ जसमा सिरिसेना र ‘स्मेक’ इञ्जिनियरिङको अन्तर्राष्ट्रिय विभागबीच सन् २००९ मा भ्रष्ट कहलिन सक्ने साँठगाँठ भै निजलाई ‘अनुचित भुक्तानीहरू’ गरिएको कुरा उल्लेख छ । सिरिसेना त्यस बखत महिन्दा राजापाक्षेको सरकारका वरिष्ठ मन्त्री थिए ।

विश्व बैंकबाट उपलब्ध स्रोतबाट सञ्चालित परियोजनाहरूको काम गर्दा स्मेकले सम्बन्धित देशका पदाधिकारीहरूलाई घूस ९रिसवत० खुवाएको सम्बन्धमा छानबीन गराएपश्चात् हालै विश्व बैंकले स्मेकलाई आफ्ना परियोजनाहरूको काममा नलगाउने निर्णय गरेको हो, अष्ट्रेलियाली अखवारले बिहिवारको अङ्कमा लेखेको छ ।

आर्थिक भ्रष्टाचारको मामिलामा यसरी विवादमा परेका सिरिसेनालाई नेपालमा कसरी स्वागत गरिने हो, त्यो अड्कलबाजीको विषय हुन गएको छ ।

स्मेक भौतिक पूर्वाधारमा कार्यरत अष्ट्रेलियाको कम्पनी हो र यसको अन्तर्राष्ट्रिय विभागले श्रीलङ्का, भारत र बङ्गलादेशमा काम गर्दा बोलकबोलको चरणमा गलत जानकारी दिनाको साथै ठेक्का हात पार्न सम्बन्धित सरकारी कर्मचारीहरूलाई घूस खुवाएको कुरा विश्व बैंकद्वारा गराइएको छानबीनबाट पत्ता लागेको छ ।



अष्ट्रेलियाको विपक्षी लेबर पार्टीका एक प्रवक्ताले विश्व बैंकजस्तो सम्मानित अन्तर्राष्ट्रिय संस्थाले स्मेकमाथि प्रतिबन्ध लगाउने जस्तो कठोर पाइला चालेको कुरालाई खतराको घण्टी मानिनु पर्ने प्रतिकृया दिएका छन् ।

‘स्मेक अष्ट्रेलिया’ ले यसबारे प्रतिकृया दिंदै अष्ट्रेलियामा निर्माणाधीन स्नोई हाइड्रो जलविद्युत्‌को काममा कुनै अनियमितता भएको छैन भनी वक्तव्य प्रकाशित गरेको छ । वक्तव्यमा ‘स्मेक अन्तर्राष्ट्रिय’ बोलकबोलका मामिलामा विवादमा परेको कुराको जानकारी भए तापनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ ।

विश्व बैंकको अनुसन्धानले परियोजना सञ्चालनका क्रममा अनियमित कार्यहरू भएको रहस्योद्‌घाटन गरेपछि ‘स्मेक अन्तर्राष्ट्रिय’ ले दक्षिण एसियामा सञ्चालन हुने विश्व बैंकका परियोजनाहरूमा तत्काल संलग्न हुन माग नगर्ने भएको छ ।

स्मेकले करिव दुई दशकअघि नेपालमा पश्चिम सेती जलविद्युत् परियोजनाको सम्भावनाबारे अभिरुचि राखेको थियो । एकपल्ट चीन चर्चामा आएको हो तापनि सो परियोजना अझै पनि कागजमा सीमित छ ।

salt training

कमेन्ट गर्नुहोस्