१९ असार २०८३, शुक्रबार

घुस लिएको आरोपमा चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल

माघ १२, २०८०
काठमाडौं
घुस लिएको आरोपमा चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल

मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारवाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको सरकारी मिडियाले बताएको छ । 
सरकारी प्रसारक सिसिटिभीको रिपोर्टअनुसार चाइना डेभलपमेन्ट बैंकका उपाध्यक्ष भइसकेका हे जिङजियाङलाई बेइजिङको एक अदालतले ‘घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको’ अभियोगमा सजाय सुनाएको छ । 

सिसिटिभीले ६० वर्षीय हेमाथि ५१ लाख युआन (करिब सात लाख २० हजार अमेरिकी डलर) जरिवानासमेत गरिएको बताएको छ । 
चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएपछि गहिरोसँग व्याप्त आधिकारिक भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्। समर्थकहरूले राष्ट्रपति सिको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताएका छन् । यद्यपि आलोचहरूले यो राष्ट्रपति सिको राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त पार्ने हतियार भएको पनि बताएका छन् । 

हालै भ्रष्टाचारविरुद्धको अभियानले मुलुकका केही शीर्ष फाइनान्सरहरूलाई निशाना बनाएको छ । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका अर्का पूर्वउपाध्यक्ष झोउ छिङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्