२७ असार २०८३, शनिबार

यस्तो छ कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’को 'सेड्युल'

माघ १३, २०८०
काठमाडौं
यस्तो छ कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’को 'सेड्युल'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज (शनिबार)देखि ‘संवाद यात्रा’ शुरू गरेका छन् । महामन्त्री थापाले शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेल  सहभागी भएको कांग्रेस झापाले जनाएको छ । 

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने र भाषणका कार्यक्रम नगर्ने तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णयगरी १२ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले भने पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गरेका हुन् । 

कहाँ कहिले हुँदैछ कार्यक्रम ?
महामन्त्री थापाले शनिबार बिहान ९:३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गरेका छन् । थापाको संवाद यात्रा कांग्रेसका नेता–कार्यकर्ता मात्र भेट्ने नभएर आमनागरिकसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।

थापाले बुधबार बिहान १० बजे कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२:३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, कन्जीबारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मै पुगेर कार्यक्रम गर्दैछन् । संवाद यात्रा २६ माघमा सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्